गोकुलेश्वर । बैतडीको पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।

गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिदा अन्ताजी २५ वर्षीय अञ्जु जागरी र उका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको हो । अञ्जुका श्रीमान गोब्बर जागरि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए ।
सथानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको र आमाछोराको मृत्यु भएको उनले बताए ।



