No.1 News Portal from Sudurpashchim Province
bajaj

लोकसेवा तयारी कितावमा आपत्तिजनक प्रश्न, तातियो सामाजिक सञ्जाल

गोकुलेश्वर । लोकसेवा तयारी कितावमा महिलालाई ‘भा…’ भनिएपछि लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा महिलाहरु बारे आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि अहिले सामाजिक सञ्जाल तातिएको छ ।

 वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले लेखेको पुस्तकमा यस्तो समस्या देखिएको हो ।

pm office

विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर समावेश छ। पेज नम्बर १४३ को प्रश्न नं. १८ मा चारवटा अप्सनसहित केटीलाई भा… किन भनिएको होला भन्ने प्रश्न छ ।

अप्सनमा ‘पोथी भालु जस्तै व्यवहार भएर, पोथी भालुले एक पल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, पोथी भालु बहुपति गामी हुन्छ र माथी सबै’ भनेर लेखिएको छ ।

यो प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । लेखकले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.