गोकुलेश्वर । एक क्विन्टल सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित ६ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धानका क्रममा भन्सार अधिकृत सन्तोष चन्दसहितलाई नियन्त्रणमा लिएको हो ।
यस्तै खरिददार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन् । सुन प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
हङकङबाट आएको ब्रेक सुमा सुन जडान गरिएको भेटिएको थियो । भन्सार जाँच पास भएर बाहिरिँदै गरेको ब्रेक शु विभागले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।



