No.1 News Portal from Sudurpashchim Province
bajaj

सडकमै ट्राफिक कुटेर हिरो बन्न खोज्नेपछि…

गोकुलेश्वर । ड्युटीमा रहेका ट्राफिक प्रहरी कुटेर हिरो बन्न खोज्दा एक युवक प्रहरी खोरमा पुगेका हुन ।

 आफनो काम गरिरहेका प्रहरीसँग निहुँ खोजेर कुटपिट गरेको आरोपमा ललितपुर प्रहरीले ती युवकलाई पक्राउ गरेको छ ।

pm office

ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो । चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल साहसँग निहुँ खोजेर राईले सडकमै कुटपिट गरेका थिए ।

सिसीटिभी फुटेजमा हेर्दा पनि ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र कुटपिट गरेको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले वताए ।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र राई विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भईरहेको एसपी कार्कीले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.