No.1 News Portal from Sudurpashchim Province
bajaj

सीमा क्षेत्रमा गोली ठोकेर महिलाको हत्या

गोकुलेश्वर । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थियो । गोली लागेर घटनास्थलमै मृत्यु भएको महिलाको पहिचान खुल्न सकेको छैन ।

pm office

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको जानकारी दिए ।

एसपी खड्काले भने, ‘मृतक महिलाले लगाएको घडीमा भारतीय समय देखियो । नेपालमा ८ बजेको बेला ती महिलाको घडीमा पौने ८ मात्र बजेको थियो । त्यसैले उनी भारतीय नै रहेको अनुमान छ ।’

गोली हानेर हत्या गरेका समूह पनि भारत तीरै भागेको एसपी खड्काले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.