गोकुलेश्वर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा र भन्सार समेत कटाएर वाहिरिएको १ सय किलो सुन प्रकरणको अनुसन्धान कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
अनुसन्धानमा लागि पर्नु पर्ने सुरक्षा निकायमाथि नै प्रश्न उठ्नु र राजस्व अनुसन्धान विभाग जस्तो निकायको हातमा यो मुद्धा पर्नुले समेत यसको अनुसन्धानले निष्कर्षमा पुग्नेमा आशंका जन्मिएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सय केजी सुन प्रकरणको अनुसन्धानलाई जरैसम्म पुर्याउने पक्षमा छन् । यो प्रकरणमा गृहमन्त्री श्रेष्ठमाथि नै प्रश्न उठ्न थालेको अहिलेको अवस्थामा के अनुसन्धान निकर्षमा पुग्ला त भन्ने अर्को प्रश्नपनि खडा भएको छ । जहाँ प्रहरी समेत अनुसन्धानमा नरहेको यो प्रकरणले निकर्ष पाउने मै समेत आशंका छ ।
जहाँ सुन निरन्तर जसो भईरहेको सुन काण्डको पछिल्ला घटनाहरु हेर्न भने भने साढे ३३ किलो सुन प्रकरणमा भरियाभन्दा केहि माथिका चुडामणि उप्रेती अर्थात गोरे मात्र पक्राउ परेका छन । नत्र अधिंकाशमा भरियाभन्दा माथि पक्राउ नपर्ने विगतका उदाहरणका विच अनुसन्धानमा समेत नाम जोडिएका सवैसम्म पुगेको छैन । अर्कातर्फ तस्करीमा समेत कमी नआएको बरु सुरक्षा घेरा र भन्सारसम्म छलेर बाहिर गएपनि अर्को निकायले सुन बरामत गर्ने दृश्यले समेत यसमा राजनीतिक संरक्षणकै आशंका गरिदै आएको छ । यता पूर्व प्रहरी अधिकारीहरु समेत यो अनुसन्धान निष्कर्षमा नपुग्ने बताउँछन ।
जहाँ केहि समयअघिमात्र विद्युतिय चुरोटमा वेरेर सेटिङमा सुन बाहिरएको विषयमा माओवादीकै नेता जोडिदाँ समेत सरकार चुप बसेको अवस्था र अहिले पनि गृहमन्त्रीमाथि नै प्रश्न उठ्ने अवस्थाले यसलाई अझ बल पुर्याएको छ ।
यद्यपी गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानलाई जरैसम्म पुर्याउने बताएका छन भने राजस्व अनुसन्धान विभागले पनि सुनको वास्तविक मालिकसम्म पुग्ने किसिमले अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताएको छ ।



