गोकुलेश्वर । परिवारका एक क्वीन्टल चामल किन्नका लागि हरेक समय मजदुरी गर्ने दीलीप भुजेल एक क्वीन्टल सुनको मालिक भएको समाचार सुन्दा आफुहरु चकित भएको सेतीकालीसँग दोलखाको मेलुङ गाउँपालिका वडा नं ३ का वडाअध्क्ष बसन्त लामाले बताए ।
सुन मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका नभएको र आर्थिक अवस्था दयनीय रहेको वडाअध्यक्ष लामाको भनाइ छ । लामाले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने आशंका ब्यक्त गरे ।

लामा खान कै लागि मजदुरी गर्न परिवारको भविष्य खोज्दै काठमाडौं छिरेको उनको बताए ।
उनको परिवार मेलुङ–१ मा बस्ने र आफ्नो वडाबासी नभए पनि उनीहरुको घर नजिकै भएकोले भुजेलहरुलाई आफुले राम्रोसँग चिन्ने पनि बताए ।
लामाले उनीहरुलाई राम्रोसँग चिन्ने र काम नगरी खान नपुग्ने आर्थिक अवस्थाका उनीहरुले कसरी सुन तस्करी गर्छन् भन्ने प्रश्न उब्जिएको बताए । मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनु लामाले भने ।
राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ–३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ । लामाका अनुसार दिलिप, रामकुमारका साला हुन् । रामकुमार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए । रामकुमारमार्फत सम्पर्कमा आएका एक व्यक्तिले दीलीपको नाममा कम्पनी दर्ता गरेको भन्ने सुन्नमा आएको र ३ महिना अघि मात्र कम्पनी दर्ता भएको भन्ने बुझीएको छ । आज बिहानै भुलेलको परिवार आफ्नो सम्पर्कमा आएका पनि आफुले गर्न सक्ने केही नरहेको उनले बताए ।
दीलीपकै नाममा दर्ता रहेको रेडी ट्रेड्स प्रालिले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ ।
राजस्व अनुसन्धान विभागले सुनका वास्तविक मालिक को हो भन्नेबारे केहीपनि सार्वजनिक गरेको छैन ।



