No.1 News Portal from Sudurpashchim Province
bajaj

अपर चमेलिया जलविद्युतको परीक्षण सुरु

गोकुलेश्वर। दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले शुक्रबार देखि परीक्षण सुरु गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका—१, किमबगडमा बाध बाधेर ६ किलोमिटर तल मार्मा गाउपालिका—२, घट्टीगाडमा रहेको विद्युत गृहमा पानी खसालेर परीक्षण सुरु गरिएको अपी पावर कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्यौपानेले बताए ।

pm office

उनका अनुसार आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाईन, तीनवटै टरबाईन, जेनरेटर र अन्य उपकरणहरुको परीक्षण सफल भएको हो ।

निर्माण सम्पन्न भएपछि आयोजनाको प्राविधिक टोलीले बिहीवारदेखि पुर्ण तयारीका साथ उपकरण र भौतिक संरचनाहरुको परीक्षण सुरु गरेको थियो । शुक्रवार विद्युत गृहमा पानी खसालेर मेसिनहरुको परीक्षण सुरु गरिएको हो ।

शनिवार (आज) देखि परीक्षणका रुपमा विद्युत उत्पादन गरि बलाचस्थित सब स्टेसनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ । अबको करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आईतवार आयोजनाको उद्धघाटन हुने प्रवन्ध निर्देशक न्यौपानेले बताए ।

अपी पावर कम्पनीले करीब आठ अर्ब लागतमा यो आयोजनाको निर्माण गरेको हो । कम्पनीले अपर चमेलियाको ३० महिनामै आयोजना सम्पन्न गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.