No.1 News Portal from Sudurpashchim Province
bajaj

लम्किस्पिन रोग नियन्त्रण बाहिर गइसक्दा पनि के हेरेर बसेको छ सरकार ?

गोकुलेश्वर । अहिले लम्पिस्किन रोगले नेपालका ७७ जिल्लामा किसानले पालेका पशुचौपाय धमाधम मर्दै छन् । किशानहरुका गोठ रित्तिएका छन् । यस्तो अवस्थामा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । किसानका पिडा कसले सुन्ने ? अहिलेको वर्तमान अवस्थामा सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन सकेको छैन् । सरकारले यस बिषयमा चासो नदेखाउदा किसानहरु मर्कामा परेका छन् ।

pm office

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको जोखिम देखिने गरेको पशु चिकित्सक बताउछन् । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पाइएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.