गोकुलेश्वर । सदनको सबैभन्दा ठूलो एवम् सत्ता साझेदार दल नेपाली कांग्रेसले पार्टी सुद्धिढिकरण र राष्ट्रिय राजनीतिबारे ४ दिनदेखि छलफल गरिरहेको छ ।
वैठकमा बोल्ने अधिकांश नेताहरु एजेन्डामा मात्रै केन्द्रीत छैनन्, आफूलाई लागेका विषयहरुलाईसमेत उठान गरिरहेका छन् । कतिपय नेताहरुले अरु राजनीतिक दलहरुबारेसमेट टिप्पणी गरेका छन् । ४ दिनदेखि नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यलय सानेपामा छलफल गरिरहेको छ ।
केन्द्रीय समिति वैठकका लागि विभिन्न १० एजेन्डा तय गरिएको छ । तर, अधिकांश केन्द्रीय सदस्यहरुले एजेन्डा केन्द्रीत धारणा मात्रै राखिरहेका छैनन् । नेताहरुले आफ्नो पार्टी र अरु राजनीतिक शक्तिहरुबीचको तुलनात्मक बहस गरिरहेका छन् ।

वैठक चल्दै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलहरुको चरित्र चित्रण नै गरे । उनले एमालेलाई आक्रामक, अधैर्य तर परिपक्व प्रमुख प्रतिपक्षको संज्ञा दिए भने रास्वपा र राप्रपालगायतको नाम नलिई आक्रामक, अधैर्य र अपरिपक्व शक्तिको संज्ञा दिए ।
संसदको सबै भन्दा ठुलो शक्ति हुँदाहुँदै पनि सत्ताको तालाचाबी तेस्रो ठूलो राजनीतिक शक्ति माओवादी केन्द्रलाई सुम्पिएकोमा कांग्रेसका नेताहरु सन्तुष्ट छैनन् । यस्तो हुनुमा विशेषगरी सभापति शेर बहादुर देउवा प्रतिपक्ष दलदेखि पार्टीभित्रै चरम विरोध खेप्दै आएका छन । आफैं सरकारमा हुँदासमेत कांग्रेसका केही नेताहरु वर्तमान सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रप्रति आक्रामक रुपमा उत्रिए ।
त्यसो त माओवादीसहित गठबन्धनबाट चुनाव लडेको कारणले आफूहरु पहिलो दल बन्न सकेकोमा केही नेताहरु सकारात्मक देखिए । तर, केही नेताहरु अहिले आफूहरु संघीय र प्रदेशको सरकारमा भए पनि माओवादीको छायाँ बनेको टिप्पणी गरेका छन् ।
वैठकमा बोल्दै टेकबहादुर गुरुङले चितवनमा सीडीओ कार्यालयदेखि क्यान्सर अस्पतालसम्म सबै माओवादी केन्द्रको कब्जामा रहेको बिफ्रिङ गरे ।



