No.1 News Portal from Sudurpashchim Province
bajaj

पर्यटनमन्त्री किराती भन्छन् – सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्छ

गोकुलेश्वर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउँछन् ।

शुक्रबार काठमाडौंमा आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

pm office

उनले एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भरियालाई मात्र नभई मालिकलाई पक्राउ गर्न सरकारलाई संघसंस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानुनभन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानुनविपरीत काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए ।

उनले भने, ‘एयरपोर्टमा सुन बरामद गरियोस् । सुदन किरातीको परीक्षण सुरु भयो भन्छन् । मेरो होइन त्यो । त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन । हामीले त त्यो देख्नै पाउँदैनौं । त्यो भन्सारको कुरा हो ।’

भ्रष्टाचार आफूहरूको साझा शत्रु भएको बताउँदै उनले भने, ‘सय किलो सुन किन चाहिएको होला ? एक क्युटल सुन मान्छेहरुलाई किन चाहिएको होला ? तिनीहरूले मुत्यु बिर्सेका छन् ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.