No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रेमिले प्रेमिकाको कानमा किस गर्दा गर्दै कानको जाली फुटेपछी…

गोकुलेश्वर । प्रेममा रहेका एक जोडीले अन्तरङ्ग पल साट्दा दुर्घटना भएको छ । एक प्रेमीले प्रेमिकालाई चुम्बन गर्ने क्रममा कानको जाली नै फुटेको छ ।

घटना चीनको हो । चीनको मिडिया अनुसार गुआङडोङ प्रान्तको हुइझाउ सहरकी एक महिला हुइझाउ फर्स्ट पिपल अस्पतालको नाक, कान घाँटी विभागमा उपचारका लागि पुगिन् । उनको बायाँ कान दुखिरहेको थियो र त्यस कानबाट उनले केही सुनिरहेकी पनि थिइनन् । परीक्षण गर्दा डाक्टरले उनको कानको जालीमा सुकेको रगत देखे । नजिकबाट अनुसन्धान गरेपछि उनको कानको जालीमा चोट लागेको पत्ता लाग्यो ।

pm office

विगतमा कानमा चोट लाग्ने खालको त्यस्तो ठुलो घटना केही नभएको उनले डाक्टरलाई बताइन् । त्यसो भए हालै केही त्यस्तो घटना केही भएको थियो त भनेर डाक्टरले सोधेपछि उनी झसङ्ग भइन् र अन्तरङ्ग पल साटासाट गर्दा प्रेमीले कान चुसेको बताइन् ।

‘उनले मेरो कानमा चुम्बन गर्दै, बेस्सरी चुसे । अलि बेरपछि कानभित्रबाट ‘प्याट्ट’ आवाज आएको थियो । त्यसपछि मैले आफ्नो देब्रे कानले सुन्न छोडेँ,’ जियाओहुआ नाम दिइएको ती महिलाले नाक, कान, घाँटीका डाक्टरलाई भनिन् । उक्त घटनापछि उनको कान लगातार बजिरहेको र थोरै दुखिरहेको जानकारी दिइन् ।

‘घाउ नजिकै रगत देखिएको छ, जुन साधारण होइन । उनको मेडिकल हिस्ट्रीमा पनि त्यस्तो खासै समस्या थिएन । उनले आफ्ना प्रेमीले चुम्बन गर्ने बेला धेरै नै बल लगाएर कान चुसेको र त्यति बेला आफूलाई दुखेको भन्ने जानकारी दिइन्,’ हुइझाउ फर्स्ट पिपल अस्पतालका ओटोलारिन्गोलोजी हेड एन्ड नेक सर्जरीका उप–निर्देशक फू जियाले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.