No.1 News Portal from Sudurpashchim Province
bajaj

धरौटी वुझाउन नसकेपछि महिलाले गरिन प्रहरी हिरासतको शौचालयमै आत्महत्या

गोकुलेश्वर । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाले थुनुवा कक्षमै आत्महत्या गरेकी छिन् । चक्रघट्ट गाउँपालिका– ८ निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन् ।

थुनुवा कक्षको शौचालयको ढोकामा सलको पासो लगाएर खातुनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । विहिवार राति १० बजेतिर शौचालय गएकी खातुन निकै बेरसम्म ननिस्किएपछि शौचालयको ढोका फोडेको थियो ।

pm office

उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । उनी साउन तीन गते स्रोत नखुलेको रकम र चाँदीसहित पक्राउ परेकी थिईन ।

नेपाल–भारत सीमाक्षेत्र मलंगवा नगरपालिका– ८ झिलिमिलियामाई नजिकै बाट पक्राउ परेका दुईमध्ये खातुनलाई तीन लाख ३९ हजार धरौटी तोकिएको थियो। उनले धरौटीबापतको रकम बुझाउन सकेकी थिइनन् ।

त्यसपछि जिल्ला भन्सार कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा पठाएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.