No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

गोकुलेश्वर। नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

pm office

प्रदेशसभा सदस्य कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करले पैदलयात्री ३५ वर्षे मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विराटनगर महानगरपालिका (४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य दुई युवती सवार कार दुर्घटना हुँदा शर्माको मृत्यु भएको हो।

शर्मा भारतीय नागरिक रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । अर्का २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्। राजवंशी कटहरी गाँउपालिका निवासी हुन्। दुवै जना स्थानीय एक एभरेष्ट फर्निचर उद्योगमा कार्यरत श्रमिक हुन्।

विमानस्थल सडकको पूर्वबाट पश्चिमतर्फ जानेक्रममा प्रदेशसभा सदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। घटना लगत्तै कार्की फरार भएको र उनको खोजी तीव्र पारिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.