गोकुलेश्वर। बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह बिष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर बिष्ट कैलालीमा बाघको छालासहित पक्राउ परेका छन् ।
उनीहरुलाई बिहीबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० गणेश बरालले जानकारी दिए।

उनका अनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।



