गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले पाएको सुविधा सम्पन्न एम्बुलेन्स गाउँपालिकाको कार्यालय होपरिगाड पुगेको छ ।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारद्धारा नेपाल स्थित दूतावास मार्फत उपहार स्वरुप पाएको सुविधा सम्पन्न एम्बुलेन्स बिहिबार (आज) होपरीगाड पुगेको हो ।
लगत्तै सबै प्रकृया पूरा गरि एम्बुलेन्स सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताए ।

‘भौगोलिक विकटताले गर्दा बिरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष धामीले भने,‘अब यो एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्स लगत्तै सबै प्रकृया पूरा गरि सञ्चालनमा आउने छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारद्धारा नेपाल स्थित दूतावास मार्फत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
नौगाड गाउँपालिका—३ जामीर आधारभूत अस्पतालले प्रयोग गर्ने गरि एम्बुलेन्स संचालन हुने गाउँपालिकाले जनाएको छ ।
जिल्लाको विकट क्षेत्र भनेर चिनिने नौगाड गाउँपालिकाका जनतालाई एम्बुलेन्स सेवा उपलब्ध गराउन अध्यक्ष धामीले पहल गरेका थिए ।



