No.1 News Portal from Sudurpashchim Province
bajaj

विमानस्थलबाट बरामद गरिएको सुनको कति रहेछ तौल ?

गोकुलेश्वर। विमानस्थलबाट मंगलबार बरामद भएको ठूलो परिमाणको सुनको तौल १ सय ५५ केजी रहेको छ । 

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको तौल १ सय ५५ किलो रहेको बताएका हुन् । ‘परीक्षण गर्न बाँकी नै छ । अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ ।’ 

pm office

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो । उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पु¥याइएको थियो ।

आठ वटा पोकामा उक्त सुन राखिएको छ । यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन् ।

एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन् । बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो ।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.