सुदूरपश्चिमका मन्त्री धामी र अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला इन्चार्ज धामीले दार्चुलाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराए
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री मान बहादुर धामी र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज अशोक सिह धामीको पहलमा दार्चुलाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

कोरोना संक्रमित व्यक्तिहरुका लागि औषधी किट, ३ थान अक्सिजन कन्सनटे«टर ,५ थान अक्सिजन सिलिन्डर , ४००० पेपर माक्स , १०० एन ९५ माक्स , १०० थर्मोमिटर, २० ओटा अक्सिजन मिटर ,सेनिटाइजरहरु लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु पठाएको दार्चुला जिल्ला इन्चार्ज धामीले बताए ।
दार्चुला जिल्लामा रहेका कोरोना संक्रमित बिरामीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु पठाएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज अशोक सिह धामीले बताए ।
औषधी किटहरु एकएक पाइला सहित बिभिन्न संघ संस्थाहरु र सहयोगी दाताहरु मार्फत काठमाडौंबाट जुटाएको उनले बताए । अहिले उक्त स्वास्थ्य सामाग्रीहरु धनगढी पुगेको र भोलि भोलि र पर्सि सम्म दार्चुला पुग्ने बताए ।



