गोकुलेश्वर । राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको बताएका छन् । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेल हुन् । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–३ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ–३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् ।
दीलिप र रामकुमार आफन्त भएको बुझिएको छ । पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।



