No.1 News Portal from Sudurpashchim Province
bajaj

तीजले छोइसक्दा पनि रेकर्डिङ स्टुडियो सुनसान

गोकुलेश्वर । हरितालिका तीज नजिकिँदै गर्दा कलाकारको भरिभराउ हुने गीत रेकर्डिङ स्टुडियोमा चहलपहल देखिएको छैन । तीजका गीतहरू पनि उल्लेख्य मात्रामा सार्वजनिक भएका छैनन् । गत वर्ष यसबेलासम्म दर्जनौँ तीजका गीतहरू बजारमा आइसकेका हुन्थे ।

pm office

आर्थिक मन्दीका कारण होटल,रेस्टुरेन्ट तथा व्यापार व्यवसाय सुस्त हुन थालेका छन् यसको सिधा असर मनोरञ्जन क्षेत्रमा पनि देखिएको छ ।

वैशाखबाटै तीजका गीतहरू युट्युबमा आइसक्थे । तर अहिले साउन लागिसक्दा पनि फाट्टफुट्ट मात्र तीजका गीतहरू रेकर्डिङ भएका छन्
कोरोना महामारीमा पनि चलिरहेको रेकर्डिङ स्टुडियो यस वर्ष भने सुनसान नै बनेको सञ्चालकहरू बताउछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.