No.1 News Portal from Sudurpashchim Province
bajaj

कान्छी सांसद सोविताले जितिन् ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’

गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’ जितेकी छन् । 

आफ्नो पदको उपयोगमार्फत समुदाय र युवा पुस्तामा सकारात्मक प्रभाव पार्न सफल १८ देखि ३५ वर्षभित्रका ५ नेतालाई यो अवार्ड दिने गरिएको छ ।

pm office

मंसिर २०७९ को चुनावमा २७ वर्षीया सोविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएकी थिइन् । 

१५ हजार २ सय २९ मत ल्याएर जित हात पारेकी उनले एमालेका मणिराम फुयाल र पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती मगरलाई पराजित गरिदिएकी थिइन् । 

उनी प्रतिनिधिसभामा कान्छी सदस्य हुन् । सोवितासँग अधिवक्ता, पत्रकारिता र सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.