No.1 News Portal from Sudurpashchim Province
bajaj

मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियर युनिसले कार्यलयमै खाए तीन थप्पड

गोकुलेश्वर । ‘इन्जिनियर मो. युनिस राइनमाथि सेवाग्राहीले दुई/तीन थप्पड हानेका छन, प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले भने, ‘त्यसपछि त्यहाँ हुने अरुले रोकेका थिए ।’
सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कार्यालयमा नै हातपात र दुर्व्यवहार गरेका हुन् ।
इन्जिनियर राइनमाथि दुव्र्यबहार भएको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा एकजनाले इन्जिनियर राइनको खल्तीमा हात हालेर जबर्जस्ती केही कागजात खोसेको देखिन्छ । उक्त समूहले इन्जिनियर राइनले कमिसन मागेर भुक्तानी रोकेको आरोप लगाएका थिए । ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचरहरु’, इन्जिनियर राइनलाई पाखुरा समात्दै सो समूहका एक जनाले भनेका छन्, ‘तिमी चेक ल्याऊ नभए एसपी (प्रहरी) अफिस् हिड ।’

पर्यटन कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भएका ३६१ मध्ये ३४ वटा योजनाको भुक्तानी दिएको छैन । भुक्तानी नपाउने योजनासँग सम्बन्धित व्यक्तिहरु बुधबार कार्यालयमा पुगेका थिए । उनीहरुले इन्जिनियर राइन र लेखा अधिकृत नवीन झाले कमिसन मागेको र नदिएका कारण भुक्तानी नदिएको आरोप लगाउँदै आएका छन् ।

pm office

इन्जिनियर राइनले यो आफ्नो कार्यालयभित्रको काम हो भन्दै बाहिर जान अस्वीकार गर्छन् । कार्यालयमै लेखा अधिकृत नविन झामाथि हातपातको प्रयास भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै सो समूहले घाँटी समातेको थियो ।

सो कार्यालयका प्रमुख मीन भट्टराईले भने कसैमाथि पनि हातपात नभएको जिकिर गरे । भिडियो नै सार्वजनिक भएको छ भनेपछि उनले आफ्नो कार्यकक्ष माथिल्लो तलामा भएकाले थाहा नपाएको बताए ।

लेखा अधिकृत झाले भने कार्यालयमा एक समूहले हातपातको प्रयास गरेको बताए । कार्यालय प्रमुख भट्टराईले सयममा काम सम्पन्न भएको फाइल नआउँदा ३४ योजनाको झण्डै ३ करोड रुपैयाँ भुक्तानी रोकिएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.