
गोकुलेश्वर। बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका – ६ नेगाँउमा पहिलो पटक गाडी पुगे पछि स्थानियहरु हर्षित भएका छन् । वडा कार्यालयको पहल र डिलाशैनी गाउँपालिकाको १५ लाख सहयोगमा सडक सञ्जाल बिस्तार भएर नेगाँउसम्म पहिलो पटक गाडी पुगे पछि स्थानियहरुले चालकलाई फुलमाला सहित भब्य स्वागत गरेका छन ।
बिहिबार से १ ज ७२५ नम्बरको बोलेरो जीप नेँगाउमा पुगेको हो । गाउँसम्म गाडी चढ्ने आफुहरुको सपना पुरा भए पछि स्थानियहरु हर्षित भएका छन् । गोकुलेश्वर बजार बाट रासनपानी बोक्न समेत झन्डै २ घन्टाको उकालो बाटो हिँड्नु पर्ने बाध्यता रहेकोमा अब त्यसको अन्त्य भएको स्थानियहरुले बताए । निकै चुनौतीका बावजूद नेगाँउसम्म सडक सञ्जाल बिस्तार गरिएको वडाध्यक्ष बल बहादुर मालले बताए ।



