No.1 News Portal from Sudurpashchim Province
bajaj

घरमा श्रीमति हुँदाहुँदै अर्की ल्याएपछि…

गोकुलेश्वर । घरमा श्रीमति हुँदाहुँदै अर्की बिहे गर्ने कञ्चनपुरको बेलौरी नगरपालिका–८ का कृष्ण राना अन्तत :  जेल चलान भएका छन् ।

बहुविवाहको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०७८ पुस महिनामा कैद र जरिवाना सुनाएका राना फरार थिए ।

pm office

अदालतले उनलाई १० महिना चार दिन कैद र १० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीलाई रानालाई उनकै घरबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

अदालतले कैद भुक्तानका लागि रानालाई बुधबार नै कारागार चलान गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.