No.1 News Portal from Sudurpashchim Province
bajaj

बलात्कार प्रकरण सेलाउँन नपाउदै सुन तस्करीमा मुछिए महराका बाउछोरा

गोकुलेश्वर । भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत कनेक्सन देखिएको प्रहरीको अनुशन्धानले देखाएको छ ।

 उनीहरुले सुन तस्कर चिनियाँ नागरिक वाङसँग पटकपटक सम्पर्क गरेको हो ।
बलात्कार प्रकरणमा लामो समय जेल परेर निस्किएका पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा फेरी सुन तस्करी प्रकरणमा जेलिएका छन् ।


केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको उल्लेख छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट ०७९ पुस १० गते नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा करिब ९ किलो सुन आएको खुलेको थियो। 

pm office

राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ल्याएको भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए ।

कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकबीच सुन तस्करी भई विमानस्थलमा आइपुगेको मिति पुष १० देखि चैतसम्ममा २२ पटक तथा वाङ र राहुल महराबीच यही समयमा १९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको स्रोतको दावी छ ।


राहुल महराले वाङका चालक लोकेन्द्रसँग ३६ पटक, अशिन भन्ने व्यक्तिलाई ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ । श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले गोप्य मिसिलमा समावेश गरेको छ ।


सुन तस्करहरूसँग महरा बाबुछोराको प्रत्यक्ष सम्पर्क देखिए पनि सुन तस्करीमा उनीहरूको संलग्नता छ कि छैन भनी प्रहरीले त्यति खोजबिन गरेको देखिएको छैन। प्रहरीले महरा बाबुछोरासँग बयान समेत लिएको देखिँदैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.