No.1 News Portal from Sudurpashchim Province
bajaj

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विषयले प्रचण्डको घरमा झगडा

गोकुलेश्वर । भरतपुर क्यान्सर अस्पतालमा माओवादीले निकै लामो समयदेखि चलखेल गर्दै आएको छ । उक्त अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको विषयले यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाको परिवारमा कलह सुरु भएको छ । 

भाई नारायण र छोरी रेनुको रोजाई फरक परेपछि प्रधानमन्त्री दाहाल तनावमा छन् । माओवादी अध्यक्ष दाहालले चितवनलाई आफनो निर्वाचन क्षेत्र बनाएपछि राष्ट्रिय सभा सदस्य समेत रहेका भाई नारायण दाहालको पनि अस्पतालमा चुरिफुरी छ ।

pm office

 यसअघि दाहाल प्रधानमन्त्री हुँदा नारायण उनका प्रशासनिक सल्लाहकार थिए भने कांग्रेससँग नेता गगन थापा स्वास्थ्यमन्त्री थिए ।

थापा आफु निकट अनिलविक्रम कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गर्न चाहन्थे । तर, प्रधानमन्त्रीलाई देखाएर नारायणले डा. विजय आचार्यलाई कार्यकारी निर्देशक वनाउन सफल भए। आचार्यलाई नियुक्ति दिलाए बापत नारायणले उनको घरजग्गा नै आफनो नाममा गराएको चर्चा चलेको थियो ।

माओवादीबाट कार्यकारी निर्देशकमा कृष्णसागर शर्मा दौडमा छन् भने स्वास्थ्य मन्त्री मोहन बस्नेतको रोजाईमा शिबजी पौडेल छन । 

चितवन कांग्रेसले शिबजी पौडेललाई कार्यकारी निर्देशक नबनाए अरुलाई सहयोग गर्न नसकिने धम्कीसमेत दिएका छन ।
।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.