गोकुलेश्वर । परिवारलाई नै नियन्त्रणमा लिएर १७ वर्षिया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जना किशोरलाई पका्रउ गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा ४ जना किशोरले परिवारलाई नै बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको छ । बलात्कार गर्नेमा किशोरीले भाईटिका लगाउँदै आएका पुरुषसमेत छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घट्ना गत असार २९ गतेको हो । ज्याला मजदुरी गर्ने किशोरीका पिता काम विषेशले जनकपुर गएका थिए । घरमा किशोरीका आमा, दिदी, किशोरी र उनका एक जना साथी थिए ।

राति करिव साढे १० वजे आरोपीहरु दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेल घरमा छिरे र सवैभन्दा पहिला किशोरीका आमा र दिदीलाई एउटा कोठामा थुनेर वाहिरबाट चुक्कुल लगाई दिए ।
त्यसपछि किशोरी र उनका साथीलाई कुटपिट गरेर फोटो खिचेर फेसवुकमा भाईरल वनाई दिने धम्की दिए । त्यसपछि साथीलाई घरमै थुनेर नजिकै रहेको पुरानो खाली घरमा लगेर किशोरीलाई पालैपालो बलात्कार गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
किशोरीले सोमवार दिएको जाहेरी अनुसार बलात्कार गर्ने क्रममा दाई पर्ने पुरुषलाई उनले आफुलाई छोडिदिन आग्रह समेत गरेकी थिईन । त्यसपछि उनले थप कुटपिट गरेको पाईएको छ । ‘कम्तीमा तपाईले त टीकाको लाज राख्नुस्, भनेपछि झन कुटपिट गरे’– किशोरीले भनेकी छिन् ।
बलात्कारपछि कुटपिट गर्दै घरमै लगेर छोडिदिएको र घट्ना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएको पीडितले वताएकी छिन् । जाहेरीपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



