No.1 News Portal from Sudurpashchim Province
bajaj

रास्वपा हत्याउने दाउमा स्वर्णिम, केन्द्रमा रस्साकस्सी,जिल्लामा भनाभन

गोकुलेश्वर । चर्चित अर्थशास्त्री तथा काग्रेसमा विद्रोह गरेर रास्वपाबाट चुनाव जितेका डा.स्वर्णिम वाग्ले आलोचनाको शिकार बन्न थालेका छन । पार्टीभित्र समेत जिम्मेवारी नपाएर घेराबन्दीमा परेका उनको सभापति रवि लामिछानेसंग टसल बढ्न थालेको छ ।

जहाँ अहिले संसदमा दिएको सेना सम्बन्धि अभिव्यक्तिको शिकार बनेका उनको संसदीय उपस्थिती अपेक्षित हुन नसकेको समेत विश्लेषण हुन थालेको छ । चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्ले छोटो संसदीय यात्रामै प्रश्नको घेरामा पर्दा पार्टीको आन्तरिक राजनीतिमा समेत टसलको अवस्थामा पुगेका छन ।

संघिय चुनावताका कांग्रेसको थिंक ट्याक र महामन्त्री गगन थापाको खम्बा मानिएका उनी कांग्रेसबाट विद्रोह गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनँहु १को प्रतिनिधिसभा सदस्य चुनिएका थिए । 

उनको विजय नै आफ्नै वलवुँताको परिणामक कि रास्वपाको छत्रछायामा सभापति रवि लामिछानेको देन भन्ने प्रश्नमा पर्दै आएको छ ।

कांग्रेसी पृष्ठभूमि,जल्दोबल्दो अर्थशास्त्रीको विज्ञापन र नयाँ दलमा देखिएको उलार तिनओटैको संगम भएपनि उनी आफ्नो विजयको आधार वौद्धिकता मान्दै आएका छन् ।

जहाँ रास्वपाका सभापति लामिछानेले यसमा आफ्नो देन देख्दा उनको तेजोवधको रणनिति अबलम्बन गर्दा वाग्ले पार्टीकै नेतृत्वको सपना समेत देख्न थालिसकेका छन । हुन पनि उपनिर्वाचनताका वाग्लेलाई उपसभापति दिने शर्त सहित रास्वपामा प्रवेश गरेर लामिछानले उम्मेद्वार बनाएका थिए । त्यसैको आधारमा अहिले वाग्लेले विभिन्न अन्तवार्तामा आफूले नेतृत्वदायी भूमिकामा जान सक्ने हैसियत बनाइरहेको बताउन थालेका छन । 

तर नाडि छामिसकेका लामिछानलेले उनलाई जिम्मेवारी दिने भन्दा अर्का चर्चित व्यक्ति तथा पूर्ववैंकर अनिल केशरी शाहलाई पार्टीमा भित्र्याएका छन ।

pm office

अर्थात केन्द्रमा पनि सभापति लामिछाने र सांसद वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको चर्चाबीच जिल्लामा पनि कार्यकर्ताहरु एकआपसमा भिड्न थालेका छन्। त्यसको उदाहरण रुपन्देहीमा देखिएको हो । 

जहाँ रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरुबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै हात हालाहाल र कुटाकुटको भएको छ।यहि कारण रास्वपालेरूपन्देहीमा ५ महिनामै नेतृत्व परिवर्तन कै अवस्था आईपरेको छ ।

यता राजनितिक विश्लेषक कपिल श्रेष्ठ पनि वाग्लेलाई महत्वाकाक्षी व्यक्तिको संज्ञा दिन्छन । अन्तराष्ट्रिय विकासवादी अर्थतन्त्रवाट प्रभावित र त्यससंग सम्बन्धित निकायमा काम समेत गरिसकेका स्वर्णिम रवि भन्दा वढि राजनीतिक र वौद्धिक व्यक्ति भएको श्रेष्ठ बताँउछन । 

रवि स्वर्णिम विचको व्यक्तित्वको यहि टसलका विच स्वर्णिमको संसदीय उपस्थितीमाथि पनि पछिल्लो समय उठिरहेको छ । चर्चिच अर्थशास्त्रीका रुपमासंसदमा उनको उपस्थिती आवश्यक रहेको भाष्यकै कारण स्थानीय विकासमा अब्बल गोविन्द भट्टराई कांग्रेसकै गढ क्षेत्रमा पराजित भएका थिए । 

तर अर्थ समिति देखि संसदमा समेत खासै मुखर नसुनिएका उनी विज्ञ भन्दा कार्यकर्ता जसरी प्रस्तुत भईरहेका छन । त्यस्तै न निजि क्षेत्र न सरोकारित निकाय कोहिसंग पनि अर्थतन्त्रलाई लिएर छलफल गर्ने र समाधानको निकास खोज्ने कार्यमा समेत उनको चासो नदेखाएका उनीबजेटकै विषयमा समेत निकै औपचारिक सुनिएपछि के उनले काम गर्न अर्थमन्त्री नै बन्नपर्ने हो भन्ने प्रश्न उठेको छ । 

अर्कातर्फ सेनामाथि संसदमा गरेको टिप्पणीले समेत उनी आलोचना खेपिरहेका छन । विवादमा नपरेको एकमात्र संस्थाका रुपमा रहेको सेनालाई विवादीत बनाउन विदेशी शक्तीले चलखेल गरिरहेको आक्षेप लगाईरहकै वेला उनले देशमा बढिरहेको खर्च घटाउन नेपाली सेनाको संख्या कटौती गर्नुपर्ने धारणा राखेपछि विवाद भोगेका हुन । यहि कारण समाजिक सन्जालमा आफैले गरेको पोष्टमा कमेन्ट सेक्सन समेत लिमिटेड गरेका उनको यो कदम समेत आलोचना सहने क्षमतासंग जोडेर हेर्न थालिएको छ । जहाँ सत्ता पक्षीय सांसदहरले समेत उनीमाथि प्रश्न उठाँउन थालिसकेका छन ।

यसरी नेतृत्वको सपना देखिरहदाँ व्यक्तिगत रुपमा भने स्वर्णिम आलोचना र प्रश्नको चाङमा देखिन्छन । अर्कातर्फ पार्टीले सिद्धान्त र कार्यदिशा तय गर्न नसक्दा को कति नेतृत्वका लागि आवश्यक भन्ने आधार समेत तय भएको छैन । जसले कांग्रेससंग मिल्ने स्कुलिङको धङधङी मेट्न समेत नसक्ने तर नयाँको नेतृत्वको सपना देख्ने दोहोरोपनामा स्वर्णिम छन ।

जहाँ पार्टीमाथि नै लाग्ने अनौपचारिक आरोपतर्फ नै उनको कदम देखिदाँ उनका वहसमाथि समेत शंका गर्ने बढेका हुन । 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.