No.1 News Portal from Sudurpashchim Province
bajaj

फोटो इडिट गरेर प्रचण्डलाई भारतीय पुष्टि गर्न खोज्ने टाईगर पक्राउ

गोकुलेश्वर । प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो ।

 

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

pm office

उनले भारतीय आधार कार्ड, आयकर कार्ड, गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को कार्डलगायतमा इडिट गरी प्रधानमन्त्री दाहालको फोटो र हस्ताक्षर राखी सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
यसैगरी, प्रधानमन्त्रीपत्नी सीता दाहालको मृत्युलाई समेत असंवेदनशील तरिकाले प्रचार गरेको उनीमाथि आरोप छ।

 

 ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाई इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको जनाईएको छ ।

 

रानालाई सोमबार काठमाडौं ल्याईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.