No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतको ’ए’ टिमसँग हार्दै नेपाल इमर्जिङ कपको समूह चरणबाटै बाहिरियो

गोकुलेश्वर । समूहको दोस्रो खेलमा भारतको ’ए’ टिमसँग सोमबार ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम खेलअघि नै बाहिरिएको छ । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको हो ।


भारतका लागि साइ सुदर्शनले नटआउट ५८ रन र ध्रुव जुरेलले नटआउट २१ रन जोडेमा थिए । यस्तै रोहित पौडेलको बलमा आउट हुनुअघि अभिषेक शर्माले ८७ रन जोडे । उनले ६९ बलमा १२ चौका र २ छक्का हिर्काए ।


त्यसअघि कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६७ रनमा अलआउट भयो । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले १ विकेटको क्षतिमा २२.१ ओभरमा पूरा ग¥यो ।

 

१० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।


खराब सुरुवात गरे पनि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले निशान्त सिन्धुको बलमा क्याचआउट हुनुअघि ६५ रन जोडे। उनले ८५ बलमा ७ चौका हिर्काए।

सोमपाल १४ रनमा आउट भएका थिए। गुल्सनले महत्वपूर्ण योगदान दिने क्रममा ३० बलमा समान २–२ चौका र छक्का प्रहार गर्दै ३८ रन जोडे ।

pm office


ओपनर कुशल भुर्तेल शून्यमा आउट भए। उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारे। यस्तै अर्का ओपनर आसिफ ७ रनमा राजवर्धनको बलमा विकेट पछाडि समातिए ।

 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो। पाकिस्तानले आज भएको दोस्रो खेलमा युएईलाई पराजित ग¥यो ।

लगातार दुई खेलमा जित हात पारेसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई बाहिरिएका छन् ।

 

अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.