गोकुलेश्वर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भएको लफडा प्रहरी कार्यालयमा मिलापत्र भएको छ । घट्ना वाहिरिएपछि रास्वपाको चौतर्फी आलोचना भईरहेको छ । रास्वपाको रुपन्देही शाखामा दुई गुटबीच विवाद भएपछि गत वुधवार राती हातहालाहाल भएको थियो ।
जानकारी अनुसार आफुमाथि कुटपिट भएको भन्दै घट्ना सार्वजनिक गर्ने दामोदर खत्रीलाई इलाका प्रहरी कार्यालय बुटबलमा माफी मगाई अवदेखि गल्ती नगर्ने कागज गराइएको छ ।
तिलोत्तमा नगरपालिका–१७ पिपरहियास्थित बाल विकास आधारभूत विद्यालयमा पढाउने शिक्षक समेत रहेका जिल्ला संयोजक ज्ञवालीेका विषयमा कुरा उठाएपछि आफूमाथि कुटपिट गर्ने योजना बनाइएको बताए ।

खत्रीले ‘आफैबाट हात उठाएर गल्ती भएको’ कागज गरेका छन् । पार्टीका सैनामैना –यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले शनिवार पत्रकार सम्मेलन गरी घट्ना सार्वजनिक गरेका थिए ।
जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटाकुट हुदै अहिले प्रहरी कार्यालयमा मिलापत्र भएको छ ।
यसैगरी, उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको काम गरेको आरोप उनले लगाएका थिए ।
घिमिरे, ज्ञवाली र तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व कब्जा गर्न अनावश्यक गतिविधि गर्न थालेपछि त्यसको विरोध गर्दा आफूमाथि आक्रमण भएको उनले बताएका थिए ।
उनले पार्टीको एउटा गुटले स्थापनाकालदेखि नै इमान्दार कार्यकर्ताको सदस्यता खारेजी गर्ने षडयन्त्र गरिरहेको र त्यस विषयमा आवाज उठाउँदा राती ९ वजे पार्टीको सैनामैना नगर समितिको कार्यालयमामा बोलाएर प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतले कुटपिट गरेको आरोप लगाएका थिए ।
खत्रीलाई घटनामा संलग्न भएको र विषय बाहिर ल्याएको भन्दै थप अनुशन्धान गर्न काठमाण्डौं बोलाईएको छ । विवादित भएपछि जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ । गत माघ २४ गते ज्ञवाली संयोजक भएका थिए ।



