गोकुलेश्वर । नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको बताएको छ । मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

’प्रधानमन्त्रीजीसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको पायौं । अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो भन्ने खालको कुरा जोडेर लेखेको पाइपछि पका्रउ गरेको स्रोतले बतायो ।
त्यस्तै मगरमाथि योसँगै प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप समेत लागको छ ।



