No.1 News Portal from Sudurpashchim Province
bajaj

बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले अध्यक्षको कन्चटमा जुत्ताले हिर्काएपछि…

गोकुलेश्वर । गाउँ कार्यपालिकाको बैठकमा नै शान्तिकुमारी मल्लले दानबहादुर बुढामाथि हातपात गरेकी छिन् ।

 

 जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष मल्लले गाउँपालिकाका अध्यक्ष बुढामाथि दुई थप्पडसहित जुत्ताले कन्चटमा बजारेकी हुन् ।

 

pm office

अध्यक्षले बजेटमा मनपरी गरेको उपाध्यक्ष मल्लको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको बताएका छन् ।


उपाध्यक्ष मल्लले आफूले हातपात गरेको स्वीकार गरेकी छिन् । आफू अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको उनको भनाइ छ । अध्यक्ष बुढाले आफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू पीडित भएको बताए ।

 

उपाध्यक्ष भण्डारीले बजेटमा अध्यक्षले मनपरी गरेको भन्दै हातपात गरेको महताराको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले अध्यक्ष माथि भएको भन्ने उजुरी आएको बताए ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.