No.1 News Portal from Sudurpashchim Province
bajaj

सिसडोल र बञ्चरेडाँडाको घरघरमा झिँगा आतंकले स्थानीय परिसान, भन्छन-फोहोर र मान्छेसँगै बस्न सकेनौँ

गोकुलेश्वर । काठमाडौंको फोहोर विर्सजनस्थल बञ्चरेडाँडामा झिँगा आतंक भएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । फोहोरबाट घरघरमा झिँगा पुगेपछि स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले पनि स्थानीयको आन्दोलन जायज भएको बताए । ‘घरवरिपरि झिँगाले कोलाहल मच्चाएको छ । स्थानीय पहिलेदेखि नै पीडित छन् । फोहोर र मान्छेसँगै बस्न सकेनौँ भनेर आन्दोलनको घोषणा गर्नुभएको छ,’ उनले भने ।

स्थानीयले भोलिदेखि सडकमा उत्रने चेतावनी दिएका छन् । ‘जनजीवन प्रभावित भएको छ । फोहोरले रोग फैलिएको छ । बसेर खाना खान नसकिने अवस्था भएको छ,’ आन्दोलनको नेतृत्व गरिरहेकी सुमित्रा ढकालले भनिन् ।

pm office

मागका विषयमा भोलि नै सार्वजनिक गरिने उनले बताइन् । ‘फोहोरमा भइरहेको राजीनितिविरुद्ध हाम्रो आन्दोलन हो,’ उनले भनिन् ।

काठमाडौंको फोहोर बिर्सजनस्थल सिसडोल र बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित भएका छन् ।

फोहोरका कारण जनजीवन प्रभावित भएको भन्दै भोलिदेखि आन्दोलन गर्ने स्थानीयले तयारी गरेका छन् । नुवाकोट र धादिङका स्थानीयले आन्दोलन गर्न लागेका हुन् ।

‘जनजीवन प्रभावित भएको छ । फोहोरले रोग फैलिएको छ । बसेर खाना खान नसकिने भएको छ,’ आन्दोलनको नेतृत्व गरिरहेकी सुमित्रा ढकालले भनिन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.