No.1 News Portal from Sudurpashchim Province
bajaj

कांग्रेस हामी सबैका साझा पार्टी हो : सभापति देउवा

गोकुलेश्वर । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताएका छन् ।

 

pm office


देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका हुन् ।सभापति देउवाले सबै आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए । 

उनले भने, ‘नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ ।

 सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।’ उनले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.