No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्गा प्रसाईंले पत्रकारलाई दिए ज्यान मार्ने धम्की भने – ‘धेरैलाई सिद्याएको छु, तिम्रो सुरक्षा कस्ले गर्छ ?

गोकुलेश्वर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन्। प्रसाईले पत्रकार रामकृष्ण पौडेललाई ‘धेरैलाई सिद्याएको छु, तिम्रो सुरक्षा कस्ले गर्छ ?’ भन्दै धम्की दिएका हुन ।

pm office

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका पौडेलाई प्रसाईले शुक्रवार फोन गरेर धम्की दिएको भन्दै ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले विज्ञप्ति जारी गरेको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की दिएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ?’– भन्दै धम्क्याएको विज्ञप्तिमा उल्लेख छ।
प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाए? भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.