गोकुलेश्वर । रास्वपा सभापति रवि लामिछानेले बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा दह्रो होस् । साथ चाहिएमा रास्वपा त्यही कुनामा बसेको छ । प्रतिपक्षी बेन्चमा बसे पनि जनताका मुद्दामा रास्वपा सहयोग गर्न तयार छ । उनले भने, ‘हामी जनताको भारी मात्र बोक्ने हो । हामीले कसैलाई जागिर लगाउनु पर्दैन हामीले कसैलाई टेण्डर पार्नुपर्ने छैन । हामी जनताको मुद्दामा निस्वार्थ अघि बढ्छौँ ।

भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका छन् । सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न आग्रह समेत गरका छन् ।
उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’
यस्तै उनले रास्वपामा भ्रातृ संगठन नभएको दाबी गरेका छन् ।



