
गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाले बिहिबार (आज) गोकुलेश्वर बजारको अनुगमन गरेको छ ।नगरपालिकाले आज गोकुलेश्वर बजार क्षेत्रका खाद्यान्न पसलहरु तथा मेडिकल पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बिष्ट वडा नं. ९ का जनप्रतिनिधि,बजार व्यवस्थापन समितिका प्रतिनिधि ,महिला स्वास्थ्य कर्मी र ईलाका प्रहरि कार्यालय गोकुलेश्वरका प्रहरि निरिक्षकअरुण बम सहितको सयुक्त टोलीको सहभागी रहेको थियो ।



