गोकुलेश्वर । बैतडीको मेलौलीमा बस दुर्घटना भएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको छ । प्रहरी निरीक्षक चौधरीकै कमाण्डमा दुर्घटास्थलतर्फ प्रहरीको टोली खटिएको छ ।



