No.1 News Portal from Sudurpashchim Province
bajaj

गोली हानेर मारेको मृग हेर्न जाँदा आफनै साथी ढलेको देखेपछि…

गोकुलेश्वर । भोजपुरमा शिकार खेल्न गएका आफनै साथीले चलाएको वन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको हो ।

pm office

घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको भोजपुरका एसपी सरतकुमार थापा क्षेत्रीले वताए ।

उनीहरुले मृग सम्झेर गत असार २२ गते राति गोली चलाउँदा प्रधानको मृत्यु भएको खुलेको छ । साथीको मृत्यु भएपछि उनीहरुले शवलाई अखुवा खोलाको बगरमा पुरेको अनुशन्धानबाट खुलेको क्षेत्रीले वताए ।

प्रहरीले शव उत्खनन गरी परीक्षणका लागि जिल्ला अस्पतालमा राखेको छ। दिप्सन वेपत्ता भएपछि मृतकका आफन्तले असार २४ गते खोजीका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.