गोकुलेश्वर । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सक्कली भएको पुष्टि भएको छ । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिईन् ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो नक्कली नभई सक्कली भएको पुष्टि भएको हो । अडियामा भएको आवाज सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ। दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।
शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीले जनाएको छ । आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको माग गरेकी थिईन ।



