No.1 News Portal from Sudurpashchim Province
bajaj

म्यासेन्जरबाट यसरी आउट भयो नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र, ३ जना पक्राउ

गोकुलेश्वर । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक भएको छ । प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना परिक्षार्थी पक्राउ परेका छन् ।

कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेर छोडेको छ ।

pm office

खोजेको वेला उपस्थित हुने सर्तमा श्रेष्ठलाई छाडिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार शनिबार सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपपमा हालेका थिए । त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेको पाईएको छ ।

परिक्षा विहान ९ बजेदेखि साढे ११ बजे भएको थियो। प्रहरीले पक्राउ परेका परीक्षार्थीका मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसएसपी कार्कीले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.