No.1 News Portal from Sudurpashchim Province
bajaj

रवि लामिछाने चर्चा कमाउन बाजुरा पुगेर स्टन्ट गर्दा फसे

गोकुलेश्वर। अस्ति बुधबार रास्वपाका सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछाने धनगढी हुँदै बाजुरा हानिए। उनी केही थान आफ्ना कार्यकर्ता र श्रीमतीसहित बाजुरातिर लागेका थिए।

त्यहाँ उनले आफ्नी पत्नीले बाजुराबाट सुभारम्भ गरेको नारी टिभीको प्रशारणलाई सघाउन गएको बताइएको थियो। सोही क्रममा रवि बाजुराको बुढिगंगा नगरपालिकामा पुगेका थिए। रोचक प्रसङ्ग त के भने उनी जहाँ गएपनि, जे काम गरेपनि चर्चा चाहान्छन्। एक हदसम्म त्यो मानवीय स्वाभाव र स्वभाविक नै हो। तर बाजुरामा भने उनको बढ्दो महत्वाकांक्षाले फसाद निम्त्याएको छ।

pm office

प्रायः रविले साथमा उनका निकटस्थ मानिने ‘कोर टिम’का कार्यकर्ता रास्वपाका केन्द्रीय सदस्य समेत रहेका डडेल्धुरी दिपक बोहरा साथमै लग्छन्। त्यस दिन ९बाजुरामा० पनि बोहरा साथमै थिए। तर त्यो दिन बाजुराबाट बोहराले सार्वजनिक गरेको एक भिडिओका कारण रबि विवादमा तानिएपछि फसाद भएको हो ।

भिडिओमा एक पुरानो घरको बार्दलीमा बसेर हात हल्लाएको देखिन्छ। भिडिओ सार्वजनिक गर्दै बोहराले लेखेका छन्, ‘देश बुझ्न देशका दुर्गम गाउँहरु पुग्नैपर्छ। २०३२ सालमा बनेको बाजुरा जिल्लाको एउटा पुरानो घरको बार्दलीबाट।’ यो क्यापसनमा हालेको भिडिओमा कारुणीक भौगोलिक विकटताको चित्रण गरिएको गीत मिसाइएको छ।

तर सो भिडिओको दृश्यमा भने मानवीय सामान्य नैतिकतालाई नै गिज्याउने खालको हर्कत देखिएको छ। जुत्तासहित भित्रबाट बार्दली चढेका रबिले तल बाहिरतिर सबैलाई राखेर हात हल्लाएका थिए। सोही भिडिओका कारण रबि विवादमा तानिएका छन्।

विवादमा मात्र होइन, उनी आलोचनाको भूमरीमै फसेका छन्। उनलाई चर्चाको भोको रहेको र स्टन्ट गर्न थालेको आरोप लागेको छ। अहिले उनको त्यो कार्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गर्न थालिएको छ। उनले बाजुराका निम्नस्तरका जनसमुदायमाथि मजाक गरेको समेत आरोप लागेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.