No.1 News Portal from Sudurpashchim Province
bajaj

समाजवादी मोर्चाको पहिलो बैठक जारी

गोकुलेश्वर । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।

बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

pm office

‘पहिलो बैठक हो। कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुन्छ । आगामी कार्ययोजना र समसामयिक राजनितिबारे छलफल हुन्छ,’ उनले भन े।

बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायत नेताहरू सहभागी छन‍् ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.