गोकुलेश्वर । ट्विटरका मालिक एलन मस्कले मेटाका मालिक मार्क जुकरबर्गलाई जेल हाल्ने कोच्ने दिएका छन् । इन्स्टा–थ्रेडले ट्वीटरको कपी गरेका आरोप लगाउँदै उनले जुकरबर्गलाई जेल पुर्याउने धम्की दिएका हुन ।

ट्विटरका लागि आफुले ४४ बिलियन डलर खर्च गरेको बताएका उनले मेटाका सञ्चालक जुकरबर्गलाई उनले छेपारोको संज्ञा दिएका छन्। ‘छेपारो केटोले कपी गरेर पेस्ट गर्ने काम ग¥यो।’– उनले भनेका छन् ।
मेटाका मालिक जुकरबर्गले मस्कको ट्वीटरलाई चुनौती दिन ट्विटर जस्तै थ्रेड अकाउन्ट सञ्चालनमा ल्याएका छन् । मस्कले ट्विटरमा ट्विट हेर्न कडाइ गरेसँगै प्रयोगकर्ताको आकर्षण जुकरबर्गको थ्रेड र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको त्रुत्थ एपमा देखिएको छ ।
उनले जुकरबर्गलाई मुद्दा हाल्ने चेतावनी दिँदै जेल पु¥याउने धम्की दिएका छन् ।
मस्कले २०२२ अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए ।



