
गोकुलेश्वर । डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



