No.1 News Portal from Sudurpashchim Province
bajaj

परिक्षा नै नदिएका गुलशन झा ३.६ जीपीए ल्याए भनी सामाजिक सञ्जालमा ठट्टा, उनले आठमा नै पढाई छाडेका थिए

गोकुलेश्वर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झा ३ दशमलव ६ जीपीएसहित एसईई पास भएको भन्दै आज दिनभर सामाजिक सञ्जालमा बधाईको ओईरो लाग्यो । भौतिक रुपमा पनि उनलाई वधाई दिने क्रम रोकिएको छैन ।

pm office

‘खेलसँगै पढाई पनि’ भन्दै सामाजिक संजालभरी उनको फोटो पोष्ट गरेको देखिन्छ । गेम खेलेर शुक्रबार जिम्बाब्वेबाट फर्किने क्रममा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनलाई धेरैले वधाई दिए। तर, गुलशनले भने आफुले एसईई परिक्षा नै नदिएको खुलासा गरेका छन् ।

१८ वर्षीय क्रिकेटरले दिँदै नदिएको एसइईमा कसरी पास हुन्छ ? भनेपछि धेरैलाई आश्चर्य लागेको छ। वास्तवमा, परिक्षा नै नदिएको ब्यक्ति कसरी पास भयो ? भन्ने धेरैलाई लागेको पनि हुन सक्छ ।

उनले एसइई पास गर्ने गुलशन आफु नभई अरु नै कोही भएको वताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.