
गोकुलेश्वर । गृहमन्त्री णकाजीनाराय श्रेष्ठले आफुमाथि असुरक्षा वढेको खुलासा गरेका छन् नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल खोलेपछि आफूलाई भौतिक रुपमा सुरक्षाको धम्की आएको उनले खुलासा गरे ।
आज आफ्नै निवास ललितपुरको हात्तीवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले आफूलाई धम्की आए पनि विचलित नभई खुलेका फाइलको निचोड निकालिछाड्ने बताए ।
कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित र सुरक्षित रहे पनि त्यसलाई तोड्न जस्तोसुकै चुनौती लिने उनले वताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मेरै सुरक्षालाई लिएर कतिपय सुझाव र धम्की आएका छन्’ उनले भने–‘त्यसको पर्वाह नगरी अघि बढेको छु ।
ललिता निवास प्रकरणमा सरकारको सम्पत्ति व्यक्तिका नाममा बेचबिखन भएको र सरकारी जग्गा किर्ते गरी हिनामिना गर्नेविरुद्ध प्रमाण संकलन भइरहेको उनले जानकारी दिए ।
गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो निर्णय सदर गर्दै मन्त्री श्रेष्ठले गृहमन्त्री र सचिवलगायत कर्मचारीले तजबिज रुपमा सुराकीबापत खर्चिने रकम खारेज गराएका थिए ।



