No.1 News Portal from Sudurpashchim Province
bajaj

जलहरी प्रकरणः अझै भेटिदैछ सुन, कस्ले राख्यो ४३ तोलाको डल्लो

गोकुलेश्वर । पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरी प्रकरणमा सुन भेटिने क्रममा अझै जारी छ। पछिल्लो पटक शुक्रावर विहान जलहरी मुनि थप ४३ तोला सुन भेटिएको छ।

जलहरी राखिएको भुइँको खोतलेर सफा गर्ने गर्ने उक्त सुन भेटिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा। घनश्याम खतिवडाले बताए।

pm office

‘हामी खोजबिन गरिरहेका छौँ। भरेसम्म कति परिमाण भन्ने एकिन हुन सक्छ।’, उनले भने।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। जलहरीमा लगाईएको सुनको हिसाव अझै मिल्न सकेको छैन।

अख्तियारले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो। जलहरीमा प्रयोग भएको सुनको हिसाब नमिलेपछि अझै खोजबिन भइरहेको छ। त्यहीक्रममा गर्भगृहबाट थप ४३ तोला सुन निकालिएको हो।

तर त्यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका थिए। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पुरातत्व विभाग, गुठी संस्थान र सुन चाँदी व्यवसायी संघका प्रतिनिधिलाई राखेर जलहरीको सुन जोखेको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.