गोकुलेश्वर । शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने पक्का भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ ।

बैठकमा सहभागी बोर्डका एक सदस्यले आजै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिएका छन् । दिउँसो १ बजे देखि बैठक सुरु भएको थियो । बैठक बस्नुअघि परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले बिहीबार नतिजा सार्वजनिक हुने सम्भावना रहेको बताएका थिए ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवाएसईई नतिजा केहीबेरमा सार्वजनिक हुने पक्का
गोकुलेश्वर । शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने पक्का भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ ।
बैठकमा सहभागी बोर्डका एक सदस्यले आजै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिएका छन् । दिउँसो १ बजे देखि बैठक सुरु भएको थियो । बैठक बस्नुअघि परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले बिहीबार नतिजा सार्वजनिक हुने सम्भावना रहेको बताएका थिए ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।
दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
र्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।